डडेलधुरा : धनगढीबाट बझाङका लागि छुटेको बस गत बैसाख ११ गते डडेलधुराको गन्यापधुरा गाउँपालिकाअन्तर्गत साहुखर्कमा भएको दुर्घटनाका बस चालक पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला अदालत डडेलधुराले सोमबार बस चालक बझाङ जिल्ला विथ्यडचिर गाउँपालिका–२ का अमृत बोहरालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको घटनामा चालक बोहरालाई सवारी ज्यान मुद्धाको सम्पुर्ण अनुसन्धानपश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डम्बर बहादुर केसीले बताए ।
बोहराले चलाएको ना४ख १८३१ नम्बरको यात्रुबाहक बस साहुर्खकमा दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। उनीसँग सवारी चालक अनुमतिपत्र भने रहेको जनाइएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ु को दफा ४५ को व्यवस्था र दफा १६१९२० को लापरबाहीपूर्वक सवारी चलाउँदा मानिसको मृत्यु भएमा हुने सजायसम्बन्धी व्यवस्थाअनुसार बोहरालाई कारगार चलान गरिएको हो । जसअनुसार २ वर्षदेखि १० वर्षसम्म कैद सजाय वा अदालतले तोकेबमोजिम हुने व्यवस्था छ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति