काठमाडौंः धनुषा प्रहरीले एक लुटेरा समुहलाई नियन्त्रणमा लिएको छ । बुधवार राति लुट्ने योजना बनाएर भारतको समस्तिपुरबाट नेपाल छिरेका ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनको लागि गोलि समेत प्रहार गरेको छ ।
प्रहरीको गोली लागि एक भारतिय नागरिक घाइते भएको दुई नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी हरी पालले बताए। घाइतेको जनकपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले जनकपुर उपमहानगरपालिका विहारकुण्ठ मन्दिरका महन्तमाथि लुटपाट गर्न र मन्दिरको सम्पति लुट्ने योजना बनाएर नेपाल छिरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
‘मन्दिरको रकम लुट्ने योजना बनाएर आएका थिए। हामीले पहिले नै सुचना पाएर मन्दिरमा निगरानी बढाएका थियौं। उनीहरुलाई नियन्त्रण लिन गोली प्रहार गर्नुपर्यो।’ डिआइजी पालले भने । प्रहरीले उनीहरुको साथबाट एक थान सिक्सर पोस्तोल, एक थान कटुवा पेस्तोल र छ राउण्ड गोली, भारतिय नम्वरको स्कुटि समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत