१६ वर्षीया किशोरीको सामूहिक बलात्कार

१६ वर्षीया किशोरीको सामूहिक बलात्कार

Gang-rape

वीरगन्ज : बाराको परवानीपुर गाउँपालिका—१ बुनियाद टोलमा मानसिक सन्तुलन गुमाएकी १६ वर्षीया किशोरीलाई दुई युवकले सामूहिक बलात्कार गरेका छन् । सोमबार बेलुकी ८ बजे बुनियादमा पुगेकी युवतीलाई ३० वर्षीय रामअयोध्या मण्डल र उनका साथीले सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्नमध्येका मण्डल पक्राउ परिसकेका छन् भने उनका साथी फरार छन्। फरारको पहिचान खुलिसके पनि पक्राउ नपरेकाले उनको नाम सार्वजनिक नगरिएको बाराका प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले बताए।

सोमबार बेलुकी बुनियाद गाउँमा रहेको नर्सरी नजिकैको सडकमा हिँडिरहेका बेला युवतीलाई प्रसौनी गाउँबाट साइकलमा घर फर्किरहेका मण्डल र उनका साथीले भेटेपछि साइकलमा चढाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए ।

मण्डललाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको तर, उनका साथी भने भाग्न सफल भएको राठौरले  बताए । पीडित युवती र पक्राउ परेका मण्डल दुवैको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्य परीक्षणपछि पीडित युुवतीलाई वीरगन्जस्थित मानव सेवा आश्रममा राखिएको छ । प्रहरीका अनुसार पीडित युवती राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएका कारण नाम र ठेगाना खुल्न सकेको छैन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ