पाँचथर । गत सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा भएको सामूहिक हत्याको शवको आज दाहसंस्कार गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी ल्याएको शवको आज दुई ठाउँमा पोष्टमार्टम गरिएको हो ।
धनराज शेर्माको परिवारलाई आफनै घर मिक्लाजुङ २ साविक सराङडाँडा गाविस वडा नम्बर ६ बतासेमा दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् । यस्तै बम बहादुर फियाकको परिवार भने आरुबोेटेमै दाहसंस्कार गरिएको छ । उनीहरुको दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैया रकम समेत सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले बताएका छन् ।
मिक्लाजुङ ३ आरुबोटेमा राती ९ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटनामा परेर धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो । हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुमको भने अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने मिक्लाजुङ ८ को लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले भने थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले हत्यामा संलग्न भनिएका मानबहादुर बाहेक अन्यको पनि चौतर्फी खोजी भइरहेको बताएका छन् ।hamrakura
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ