दाइजो नदिएको भन्दै बेहुली मण्डपमै छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा

दाइजो नदिएको भन्दै बेहुली मण्डपमै छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा

daijo

विराटनगर । दाइजो बढी माग गर्दै विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । मोरङ जहदा गाउपालिका वडा नं ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई प्रहरी पक्राउ गरी मुद्दा चलाउन आदलतबाट म्याद थप गराएको छ ।

परम्परागत रुपमा यही जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै हिँडेका थिए । उनलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको छ ।

लक्ष्मणलाई प्रहरीले बुधबार जहदाबाट पक्राउ अदालत पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने,‘‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।’’

श्रेष्ठका अनुसार दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुशीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो । विवाहको कार्यक्रमको दौरान लक्ष्मणले थप दाईजो दिनुपर्ने भन्दै अड्डी कसेका थिए । उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने कुरा बताएपछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडी गएका थिए । बेहुलालाई बेहुली पक्षको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds