हुम्ला : दक्षिण क्षेत्र सर्केगाड गाउँपालिकास्थित हिमज्योति माविका शिक्षक जयबहादुर धामीमाथि मदिरा पिएका युवाले हातपात गरेका छन् । बिहीबार दिउँसो २:४० बजे कक्षामा अध्यापन गराउन जाने क्रममा मदिरा पिएका सर्केगाड गाउँपालिका–५ गोठीका युवा दीर्घ सिंह, भरत मल्ल र दीपक शाहीले शिक्षक धामीमाथि हातपात गरेका हुन्। उनीहरूले विद्यालयमा रहेका कुर्ची टेबुलसमेत तोडफोड गरेका छन् ।
शिक्षक धामीले लगाएको सर्ट च्यातिएको छ । मदिराले मातिएका युवाहरूले कक्षा कोठाभित्रै पसेर अश्लील शब्द प्रयोग गर्दै आफूलाई गाली गरेको शिक्षक धामीले बताए। विद्यालयका कर्मचारी नै असुरक्षित भएको भन्दै विद्यालय प्रशासनले बिहीबारबाट घोषितरूपमा अनिश्चित कालका लागि विद्यालय बन्द गरेको छ। दोषीमाथि कडा कारबाही नभएमा शिक्षकसँग आबद्ध विभिन्न संघ संगठन र नेपाल शिक्षक महासंघले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष धनबहादुर ऐडीले बताए ।
विद्यालय समयमा विद्यालयकै कर्मचारीमाथि भएको हातपातको विषय निन्दनीय भएको भन्दै कडा मागसहित जिल्लाका शिक्षक संघ संगठनले विज्ञप्ति जारी गरेका छन् । यस विषयमा शुक्रबार हिमज्योति माविमा विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ । विद्यालय परिवारले शिक्षकमाथि भएको अन्यायको विरोध गर्दै स्थानीय प्रहरी चौकीमा उजुरी जाहेरी गरेको विद्यालयका प्रधानध्यापक देवविक्रम शाहीले बताएका छन् ।
मदिराको मातमा तीनजानले उक्त गाउँपालिकाका कर्मचारी चाउरे बुढामाथि पनि कार्यालय समयमा हातपात गरेका थिए । उक्त घटनापछि तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सर्केगाड प्रहरी चौकीले जनाएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकमबारे विवादका कारण शिक्षकमाथि हातपात भएको आशंका गरिएको छ । thahakhabar.
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति