युरोपेली गोल्डेन बुट अवार्ड सुपर स्टार लियोनल मेस्सीले जितेका छन् । स्पेनिस महारथि बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन् । युरोपका शीर्ष लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यस अवार्ड प्रदान गरिंदै आएको छ ।
मेस्सीले लगातार तेस्रो सिजन यस अवार्ड जितेका हुन् । मेस्सीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेस्सीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एमबाप्पेलाई पछि पारेका हुन् । एमबाप्पे मेस्सीसँग तीन गोलले पछि परे ।
सुक्रबार राति भएको फ्रेन्च लिगको अन्तिम खेलमा लिग च्याम्पियन पीएसजी रेम्ससँग ३–१ गोलले पराजित भयो । यस खेलमा एमबाप्पेले एक गोल मात्र गर्न सकेका थिए । उनलाई अन्तिम खेलमा मेस्सीलाई पछि पार्ने ठूलो मौका थियो ।
स्पेनिस ला लिगाबाट मेस्सीले लगातार तेस्रो र समग्रमा छैटौं पटक गोल्डेन बुट हात पार्दा स्पेनिस ला लिगाका खेलाडीले गोल्डेन बुट जितेको भने यो ११औं पटक हो । गोल्डेन बुट जितेका मेस्सीले आफुलाई च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको हारले सताई रहेको बताएका छन् ।
‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा लिभरपुलसँगको खेल बाहेक केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु,’ मेस्सीले भने । मेस्सीले गोल्डेन बुटभन्दा शनिबार राति हुने कोपा डेल रेको फाइनल खेल आफ्नो लागि निकै महत्वपूर्ण रहेको पनि बताएका छन् । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले आज (शनिबार) राति भ्यालेन्सियासँग उपाधिका लागि खेल्दैछ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला