नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ । नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ ।
अब पनि त्यस्तै त्रुटि भेटिएमा कारवाही गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । नियमविपरीत जथाभावी सवारीका साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुसमेत ठगिने सम्भावना पनि उत्तिकै रहेकाले नगरमा सञ्चालन हुने सवारी साधनलाई नियमन गर्न लागिएको उनको भनाइ छ ।
त्यस्तै नगरपालिकाले टिकट काउन्टरमा बस्नेलाई अनिवार्य परिचयपत्र लगाउन र टिकट काउन्टरबाट मात्र टिकट काट्न पनि सचेत गराएको छ । सवारी साधनलाई नियमन गर्न लागिएपछि नगरको यातायात सेवा व्यवस्थित हुने नगरवासीले अपेक्षा गरेका छन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग