पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्डका लागि खेलाडीहरुको मनोनयन गरेको छ । हरेक विधामा ३ जना खेलाडी तथा प्रशिक्षकहरुको मनोनयन सार्वजनिक गरेको हो ।
यस बर्ष प्रदान गर्ने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्तराष्ट्रिय पदकधारी खेलाडी चित्रबहादुर गुरुङ सम्मानित हुने भएका छन्।
लामो समय देखि खेलकुदको क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक सहित खेलकुदमा महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले उनलाई पोखरा स्पोर्टस् अवार्डको अवसरमा यही जेठ २४ गते सम्मान गरिने भएको हो । खेलकुद क्षेत्रमा समर्पित गुरुङलाई मञ्चले अवार्ड सहित ताम्रपत्र, दोसल्लाले सम्मान गरिने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
स्याङ्जा मनकामना गाविस २ गोदावारी घर भइ हाल पोखरा १५ मा बस्दै आएका गुरुङ २०१८ असोज २० गते जन्मेका थिए । उनले ११ औं एशियाली खेलकुद प्रतियोगिता २०४७ चिनको बेजिङमा कास्य पदक, तेश्रो दक्षिण एशियाली खेलकुद प्रतियोगिता कोलकोत्ता २०४४ रजत पदक, चौथो दक्षिण एशियाली खेलकुद पाकिस्तानमा भएको खेलमा २०४६ सालमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । उनीले हाल वन विज्ञान अध्ययन संस्थान, पोखरामा खेल शिक्षकको रुपमा कार्यरत रहेका छन्।
बर्ष खेलाडी सहित उदीयमान खेलाडी र बर्ष उत्कृष्ट प्रशिक्षकमा ३,३ जना मनोनयमा परेका खेलाडी एवं प्रशिक्षकहरुको नाम शनिबार सार्वजनिक गरिएको हो । बर्ष खेलाडी पुरुष तर्फ स्क्वासका अमृत थापा, प्याराग्लाइडिङका युकेश गुरुङ र फुल कन्याक्ट कराँतेका रुपक नेपाली मनोनयमा परेका हुन्।
सब खेलाडीले आठौं राष्ट्रिय खेलमा स्वर्ण पदक ल्याएका थिए भने गुरुङले १३ औं एसियाली खेलकुदमा रजत पदक जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । एसियाली प्याराग्लाइडिङमा उनले सामुहिक रुपमा सहभागि भएका थिए ।
त्यसै गरी बर्ष खेलाडी महिला तर्फ टेनिसकी प्रिति बराल, सुटिङका श्रेया केसी र फुल कन्याक्ट कराँतेका सुस्मी श्रेष्ठ मनोनयनमा परेका हुन्। बरालले ८ औं खेलकुदमा रजत पदक ल्याएकी थिइन भने अन्य खेलाडीले स्वर्ण पदक ल्याएका थिए । बर्ष उदयमान खेलाडीहरुमा क्रिकेटका अर्जुन कुमाल, आर्चरीकी अनुष्का शेरचन र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर मनोनयनमा परेका हुन्। त्यसै गरी बर्ष उत्कृष्ट प्रशिक्षकमा फुल कन्याक्टका दीपक गोदार, ह्याण्डवलका भीमशेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा परेका छन्।
मञ्चले यस बर्ष चर्चित खेलाडीको समेत अवार्ड प्रदान गर्ने भएको मञ्चका अध्यक्ष एकराज गिरीले बताए । विभिन्न विधामा मनोनयनमा परेका खेलाडीहरुलाई दर्शकहरुले एवं आम खेलकुदकर्मीले दिएको एसएम भोटिङले उक्त विधाको निर्णय हुने मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले बताए । उक्त अवसरमा बर्ष उत्कृष्ट खेल संघ र बर्ष उत्कृष्ट पत्रकारिता अवार्ड समेत प्रदान गरिने भएको उनले जनाए ।
‘समृद्धिका लागि खेलकुद’ मूलमन्त्रका साथ आयोजना हुने उक्त अवार्ड पोखरा सभागृहमा हुने भएको हो भने सो कार्यक्रम सम्पन्न नर्ग करिब १७ लाख खर्च लाग्ने अध्यक्ष गिरीले बताए । उक्त अवर्डाको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम खेलकुदको डेमो समेत प्रर्दशन हुने भएको उनले जनाए ।
उक्त अवार्डमा बर्ष उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र बर्ष उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुले पुर्याएको योगदानको मुल्याङकन गरी उक्त अवार्ड वितरण गरिने भएको महासचिव विजय नेपालले बताए । खेलाडीहरुको हौसला प्रदान गर्न पनि अवार्डलाई निरन्तरता दिदै आइएको उनले जनाए । अवार्डको साथमा उत्कृष्ट खेल संस्थालाई १५ हजार, उत्कृष्ट पत्रकारलाई २० हजार प्रदान गरिने भएको छ भने अन्य विधामा जनही २५ हजार प्रदान गरिने भएको छ ।
बतास ब्रर्दश प्रालिकोे मुख्य प्रायोजनामा, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, हङकङ व्यूटि ईन्स्टिच्यूट, सामसुङ मोवाइल वल्र्ड कनेक्सन, क्षेत्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग रहने भएको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ