ललितपुरमा बाबुले चलाएको गाडीले किच्दा ३ वर्षीया बालिकाको मृत्यु

ललितपुरमा बाबुले चलाएको गाडीले किच्दा ३ वर्षीया बालिकाको मृत्यु

baby-death

ललितपुरमा एक तीन वर्षीया बालिकाको आफ्नै बाबुले चलाएको गाडीले किच्दा मृत्यु भएको छ । शनिबार दिउँसो ललितपुर महानगरपालिका २८, हरिसिद्धी पेट्रोलपम्प नजिकै बाबुले चलाएको ट्यांकरको झ्यालबाट खसेकी ती बालिकाको सोही ट्यांकरले किच्दा मृत्यु भएको हो ।

ना१क ८३२५ नम्बरको पानी ट्यांकरको झ्यालको लक खुली बाटोमा खसेकी ती बालिकाको घटना स्थलमै मृत्यु भएको हो । सो ट्यांकर बालिकाका बाबु सिन्धुपाल्चोक घर भइ हाल ललितपुर मंगलबजार बस्दै आएका दावा छिरिङ लामाले चलाएका थिए ।

मृतक बालिकाको शव अहिले पाटन अस्पतालमा राखिएको छ भने चालक लामालाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ