जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा गएराती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गरिरहेका रोशन झा काम सकेर साथीसँगै निस्कने क्रममा माेटरसाइकल दुर्घटनामा परे । झा कमला नगरपालिका वडा नं. २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गर्छन् ।
दुर्घटनामा परेर बेहाेस भएपछि साथीहरूले साथ छाडे । बेहाेसी अबस्थामा उनलाई साथीहरूले मृत्यु भयाे भनेर फँस्ने डरले छाडेर भागे ।
विहानीपख खेततर्फ निस्केका स्थानीयहरुले झालाई सडक पेटीमा अलपत्र परेको देखेपछि प्रहरीलाई खबर गरे । साथीहरूले मरिसक्याे भनी छाडेका उनलाई स्थानीयले जिवित भेटे । ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतिर काम सकेर जनकपुर जान लाग्दा अनियन्त्रित भएर दुर्घटना भएपछि आफू हाेसमा नरहेकाे झाले बताए ।
‘दुर्घटनापछि म वेहाेस भएपछि साथीहरू कता भागे मैले पत्ताे पाइँन’, उनले भने, ‘जब मोटरसाइकल चिप्लियो, म सडक पेटीमा गएर ठोक्किँए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने अवस्था थिएन, तर सुन्न सक्थेँ । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कसैले पनि देखेनन् र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाएँ ।’
तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका थिए । उनकाे अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् । उद्धारपछि उनकाे अस्पतालमा उपचार भइरहेकाे छ ।rajdhanidaily
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ