नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट, २ को मृत्यु

नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट, २ को मृत्यु

61587960_380293349250026_3253537176687738880_n

आइतबार सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा ७ जना घाइते छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट भएको हो । सुकेधारा र अनामनगरमा एक एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको   छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले विस्फोटका घटना दुर्घटना नभएर नियोजित भएको बताएका छन्।

पहिलोपोस्टसँग एसएसपी ज्ञवालीले भने,’यो कुनै दुर्घटना होइन। नियोजित तरिकाले भएको देखिन्छ। घटनाको थप अनुसन्धान गरिरहेका छौं।’  सुकेधारमा विस्फोट हुँदा ६ जना र अनामनगरमा दुई जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ