बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले आफूले नागरिकको विश्वास कहिल्यै नबेच्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र बुटवलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे।
‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने मान्छे होइन विष्णु पौडेल,’ उनले भने । आफू रूपन्देहीका जनताको परीक्षणबाट उत्तीर्ण भएको उल्लेख गर्दै उनले जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरे।
‘विष्णु पौडेल तपाईंहरूको शिर झुक्ने गरी कहिल्यै पनि काम गर्ने छैन, तपाईंहरू बिचलित नहुनुस्,’ उनले कार्यकर्तालाई आश्वासन दिए। जनताले दिएको अभिमतको दुरूपयोग गर्ने काममा कहिल्यै नलागेको र अबका दिनमा पनि नलाग्ने उनको दाबी छ।
‘म तपाईंहरूले दिएको अभिमतलाई सम्मान गरेर अगाडि बढ्नेछु, त्यसमा तलमाथि हुने छैन,’ पौडेलले भने। सत्तारूढ दलका महासचिव तथा पूर्वअर्थमन्त्री पौडेलमाथि भूमाफियासँग मिलेर बालुवाटारस्थित ललिता निवासको विवादित ८ आना जग्गा किनेको आरोप छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु