पोखरामा पनि विप्लव समूहको बन्दको प्रभाव: सार्वजनिक यातायात, विद्यालय ठप्पै

पोखरामा पनि विप्लव समूहको बन्दको प्रभाव: सार्वजनिक यातायात, विद्यालय ठप्पै

banda (2)

पोखरा, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा निजी नम्बरप्लेटका सवारी साधन चलेपनि सार्वजनिक यातायात, व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने बन्द छन् । मुख्य सडकमा निजीसवारी साधन छिटफुट चलेका छन्।

विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । पोखराका विभिन्न स्थानमा बम तथा विष्फोटक पद्धार्थ राखेकाले नागरिक त्रसित छन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।

पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । पर्यटकीय सवारीसाधन, एम्बुलेन्स, पानीको ट्यांकर, दुधको गाडी भने चलेका छन् । निजी सवारी साधनको पहुचँ नभएका यात्रु हिडेरै गन्त्व्य पुग्न बाध्य भएका छन् ।

विप्लव माओवादीले भोजपुरमा आफ्नो कार्यकर्ता मारिएको विरोधमा आज (सोमबार) बन्दको आह्वान गरेको हो । आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विप्लव समुहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थानमा विस्फोट हुदाँ ४ जनाको मृत्यु भएको थियो । यहाँ भने अप्रिय घटना घटेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ