किरण श्रेष्ठ, तनहुँ । तनहुँको बेलभञ्ज्याङ र मुसेखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पुलमा सोमबार बिहान भेटिएको शंकास्पद वस्तु झण्डै दुई घण्टाको पछि सेनाको टोलिले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बम डिस्पोजल नेपाली सेनाको टोलीले सोमबार बिहान साढे सात बजेतिर शंकास्पद वस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
बन्दिपुर-१ बेलभञ्ज्याङमा भेटिएको शंकास्पद वस्तु कित्लीमा तार सहित बारुद राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शंकास्पद वस्तु सेनाको टोलिले निष्क्रिय पारिसकेको छ ।
त्यस्तै व्यास-१२ मुसेखोलामा भेटिएको शंकास्पद वस्तुमा राईसकुकरमा माटो र गिट्टी राखिएको अवस्थामा भेटिएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद वस्तु सेनाको टोलिले निष्क्रिय पारिसकेको छ । आबुखैरेनी र दमौलीबाट गएको सेनाको टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।
नेपाल बन्दको प्रभाव
विप्लव नेतृत्वकाे नेकपाले आह्वान गरेको नेपाल बन्दले तनहुँको दमौली लगाएत मुख्य बजार बन्द रहेको छ । औषधि पसल, हाेटल, एम्बुलेन्स, माेटरसाइकल भने संचालनमा रहेका छ्न ।
न्युन संख्यामा सवारी साधन संचालनमा
पृथ्वी राजमार्गमा बम भेटिएपछि गाडी कम चलेका छन् । यात्रु बसलाई सुरक्षाकर्मीले स्कटिङ्ग गरेका छन् ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको दुई वटा स्थानमा शंकास्पद वस्तु भेटिएपछि सवारी साधन केही समयको लागी रोकिएको र अहिले संचालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
प्राइभेट सवारी, मोटरसाइकल, ट्रक र रात्रीबसहरु भने संचालनमा रहेको प्रहरीले जनाएको छ ।
सुरक्षा कडा बनाइएको र सादा पोसाकमा प्रहरी समेत परिचालन गरिएको लामिछानेले जानकारी दिए । त्यस्तै मोबाइल गस्ती समेत बढाइएको उनले बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’