किरण श्रेष्ठ, तनहुँ । तनहुँको बेलभञ्ज्याङ र मुसेखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पुलमा सोमबार बिहान भेटिएको शंकास्पद वस्तु झण्डै दुई घण्टाको पछि सेनाको टोलिले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बम डिस्पोजल नेपाली सेनाको टोलीले सोमबार बिहान साढे सात बजेतिर शंकास्पद वस्तु निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
बन्दिपुर-१ बेलभञ्ज्याङमा भेटिएको शंकास्पद वस्तु कित्लीमा तार सहित बारुद राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शंकास्पद वस्तु सेनाको टोलिले निष्क्रिय पारिसकेको छ ।
त्यस्तै व्यास-१२ मुसेखोलामा भेटिएको शंकास्पद वस्तुमा राईसकुकरमा माटो र गिट्टी राखिएको अवस्थामा भेटिएको तनहुँ प्रहरीले जनाएको छ ।
उक्त शंकास्पद वस्तु सेनाको टोलिले निष्क्रिय पारिसकेको छ । आबुखैरेनी र दमौलीबाट गएको सेनाको टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।
नेपाल बन्दको प्रभाव
विप्लव नेतृत्वकाे नेकपाले आह्वान गरेको नेपाल बन्दले तनहुँको दमौली लगाएत मुख्य बजार बन्द रहेको छ । औषधि पसल, हाेटल, एम्बुलेन्स, माेटरसाइकल भने संचालनमा रहेका छ्न ।
न्युन संख्यामा सवारी साधन संचालनमा
पृथ्वी राजमार्गमा बम भेटिएपछि गाडी कम चलेका छन् । यात्रु बसलाई सुरक्षाकर्मीले स्कटिङ्ग गरेका छन् ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको दुई वटा स्थानमा शंकास्पद वस्तु भेटिएपछि सवारी साधन केही समयको लागी रोकिएको र अहिले संचालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
प्राइभेट सवारी, मोटरसाइकल, ट्रक र रात्रीबसहरु भने संचालनमा रहेको प्रहरीले जनाएको छ ।
सुरक्षा कडा बनाइएको र सादा पोसाकमा प्रहरी समेत परिचालन गरिएको लामिछानेले जानकारी दिए । त्यस्तै मोबाइल गस्ती समेत बढाइएको उनले बताए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला