सरकारकाे ‘पदक’ पाउनेमा राष्ट्रपतिसँगै प्रतिबन्धित विप्लवका नेता पनि, अरु काे-काे छन् ? (सूचीसहित)

सरकारकाे ‘पदक’ पाउनेमा राष्ट्रपतिसँगै प्रतिबन्धित विप्लवका नेता पनि, अरु काे-काे छन् ? (सूचीसहित)

Sambidhan-jari-

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १६ मा पूर्वसभासद्हरुसहितका १ हजार १०९ जनालाई ‘संविधानसभा पदक’ प्रदान गर्दै छ । यसरी पदक पाउनेमा राष्ट्रपति, प्रधानमन्त्रीसँगै सरकारद्वारा नै प्रतिबन्धित विप्लव समूहका नेता समेत रहेका छन् ।

साे पदक पाउने सूचीकाे एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे नाम रहेकाे छ । दुई नम्बरमा भने प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । तेस्राे नम्बरमा सभामुख कृष्ण महरा तथा चाैथाे नम्बरमा पूर्वराष्ट्रपति रामबरण यादवकाे नाम रहेकाे छ ।

साे सूचीमा पूर्वप्रधानमन्त्रीहरु- लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालालगायतकाे नाम पनि रहेकाे छ ।

गृह मन्त्रालयका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहित तीनजना नेताले पनि संविधानसभा पदक पाउने भएका छन् ।विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुन् भने सूचीमा रहेका अर्का नेता सन्तोषकुमार बुढामगर पनि २०६४ सालमा रोल्पा-२ बाट निर्वाचित थिए । यसैगरी विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेलकाे नाम पनि साे सूचीमा रहेकाे छ, उनी पहिलो संविधानसभामा गोरखाबाट समानुपातिक काेटाबाट सभासद बनेकी थिइन् ।

सरकारले संविधानसभा गठन तथा साे सभाबाट संविधान निर्माणमा याेगदान पुर्याउनेहरु सबैलाई एकैसाथ साे विभूषण प्रदान गर्न लागेकाे हाे । तर केही पूर्वसभासद् भने साे सूचीमा अटेका छैनन् । कूटनीतिक राहदानी दुरुपयाेगलगायतका गम्भीर आराेप लागेका गायत्री साह र विश्वनाथप्रसाद यादव  लगायतका पूर्पसभासदकाे नाम सूचीमा छैन । साे पदक राष्ट्रपति निवासमा एक समाराेहबीच प्रदान गरिने मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds