एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न हुन्न : प्रचण्ड

एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न हुन्न : प्रचण्ड

Prachanda dahal

file photo

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने बताएका छन् ।  सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका हुन् ।

‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने ।

आइतबार काठमाडौँमा विभिन्न स्थानमा भएका बम विस्पोट र सोमबारको बन्द तर्फ संकेत गर्दे प्रचण्डले हिजोका गतिविधिले विप्लवहरुले वार्ताको वातावरण तयार गरेको बताए । प्रचण्डले भनेका छन्, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ ।’

त्यस्तै प्रचण्डले वार्ताको पहल भैरहेको पनि संकेत गर्दे उनले भने, ‘सरकराबाट पहल भइरहेको होला नि, सीके राउतको पहल भइरहेको थाहा भएन एकैचोटी परिणाम आएपछि थाहा भयो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds