विप्लवले जनसेनाका ४ वटा कम्पनी गठन गरेकाे सरकारलाई जानकारी छ : गृहमन्त्री

विप्लवले जनसेनाका ४ वटा कम्पनी गठन गरेकाे सरकारलाई जानकारी छ : गृहमन्त्री

ram bahadur

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र गतिविध सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जनसेना र जनसरकार गठन गरेको सरकारलाई जानकारी रहेको बताएका छन् ।

उनले सोमबार प्रतिनिधिसभा विशेष महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा ४ वटा कम्पनी गठन गरेर आवान्छित गतिविधि गरिरहेको आफूहरुलाई जानकारी रहेको बताएका हुन् । उनले अब वार्तामार्फत नै सो समूहलाई नियन्त्रण गरेर मूलधारमा ल्याउँदै समस्या समाधान गरिने जनाए । यसका लागि पहल भइरहेको समेत उनको दाबी थियो ।

उनले आइतबार काठमाडौँमा भएका बम विस्फोटनमा नागरिकको मृत्यु नभएको समेत बताए । घटनामा चारजनाको मृत्यु भएको जानकारी आफूसँग रहेको भन्दै ती सबै विप्लव समूहसँगै सम्बद्ध कार्यकर्ता रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds