मलामी गएका पुष्कर सेती नदीमा बगेर बेपत्ता

मलामी गएका पुष्कर सेती नदीमा बगेर बेपत्ता

seti nadi

डोटी – सेती नदीमा नुहाउने क्रममा सोमबार एक जना बगेर बेपत्ता भएका छन् । आदर्श गाउँपालिका-५ लामीखालका ४५ वर्षीय पुष्कर सिंह बेपत्ता भएका हुन् ।

शिखर नगरपालिका(११ गोघाटमा मलामी आएका उनी सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए ।

सेती नदीमा बगेर बेपत्ता भएका सिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजी गरिरहेका छन् ।

सेती नदीमा पानीको बहाब बढी भएकोले खोजी कार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै सेती नदीमा नुहाउन जाँदा धेरै जना बेपत्ता हुने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds