‘मौका आउँछ पर्खँदैन, बालुवाटार अब फर्कँदैनु’ भन्दै विष्णु पौडेलविरुद्ध कसले छर्‍यो पर्चा ?

‘मौका आउँछ पर्खँदैन, बालुवाटार अब फर्कँदैनु’ भन्दै विष्णु पौडेलविरुद्ध कसले छर्‍यो पर्चा ?

Bishnu-Paudel-butwal

बुटवल । सत्तारुढ नेकपामा महासचिव विष्णु पौडेलविरुद्ध बुटवलमा छ्यापछ्यापती पर्चा छरिएकाे छ । पाैडेल काठमाडाैँकाे बालुवाटारस्थित सरकारी जग्गा किनेका कारण आलाेचित भइरहेका वेला ‘माैका आउँछ पर्खँदैन, बालुवाटार अब फर्कँदैन’ भन्ने व्यंग्यात्मक नारा र उनकाे तस्वीरसहितका पर्चा छरिएको हाे ।

साे पर्चा नेपाली कांग्रेसका कार्यकर्ताले छरेकाे बताइएकाे छ । साेमबार बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपभरि करिब ३ सय पर्चा छरिएको जनाइएकाे छ ।

बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन भूमिका खेलेकाे आराेप लागेका पौडेललाई कारबाही गर्न माग गर्दै पर्चा छरिएको नगर सभापति पाण्डेले बताएका छन् । साेही मण्डपमा महासचिव पौडेलले बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्ने कार्यक्रम राखिएकाे थियाे । यसका लागि पाैडेल बुटवल आएकाे माैका छाेपी कार्यक्रमस्थलमै उनीविरुद्ध पर्चा छरिएकाे हाे ।

महासचिव पौडेलले साे प्रदर्शनी केन्द्रको शिलान्यास समेत गरिसकेका छन् । यद्यपि नगरसभापति पाण्डेले निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्सासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको दाबी गर्दै अहिले प्रचारका लागि मात्र नेकपा महासचिव पाैडेल शिलान्यासमा आएकाे बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds