वडाध्यक्ष नै २५ हजार घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर

वडाध्यक्ष नै २५ हजार घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर

ghus

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सुरूंगा नगरपालिका-५ का वडाध्यक्ष सिल्टु मियाँल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडाध्यक्षको रुपमा नियमित रुपमा गर्नु्पर्ने कामका लागि २५ हजार घुस मागेपछि उनी अख्तियारको स्टिङ अप्रेसनमा परेका थिए ।

वडा अध्यक्ष  मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गर्ने प्रयोजनका लागि  २५ हजार रूपैयाँ घुस लिएका थिए । अख्तियारको इटहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक मोहियानी जग्गा र रकम बार्गेनिङ गरेपछि अख्तियारको टोलीले स्टिङ अप्रेसन गरेको थियो ।

नियमानुसार गर्नुपर्ने काममा समेत २५ लाख घुसमागे पछि सेवाग्राहीले अख्तियारलाई खबर गरेका थिए ।  उनीविरूद्ध सोमबार काठमाडौंको विषेश अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरी मुद्दा दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार वडाध्यक्ष मियाँलाई कैद र जरिवाना माग गरेको छ । nepallive

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds