मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली जाने

मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली जाने

kp oli

file photo

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको जानकारी दिए ।

ओलीसँगै परराष्ट्र सल्लाहकार भट्टराईका साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली ‘आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् ।
दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds