पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोलेरै छाड्ने उद्घोष गरेका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिष्थापन तथा अन्तरप्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
‘हामीले चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधी बनाउँदै र सम्भाव्यता अध्ययनमै समय बित्यो’, उनले भने,‘अब हामी सम्भाव्यता अध्ययनसहित स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग खोलेरै छाड्छौँ ।’ उनले प्रदेश सरकारले सबै स्थानीय निकायमा उद्योगग्राम खोल्ने नीति ल्याए पनि मन्त्रालयबीच समन्वय नहुँदा त्यो योजना अलपत्र परेको पनि स्वीकार गरे।
अहिले देशलाई वायुपङ्खी गतिको विकास चाहिएको बताउँदै उनले जनताको अगाडि गएर माइकबाट यो पनि गछौँ, त्यो पनि गर्छौ भन्ने विकासको भोक जगाएको पनि स्वीकारे ।मन्त्री लम्सालले स्थानीय तहको सरकारले जनतालाई सेवा दिन नसकेको पनि आरोप लगाए । स्थानीय तह सरकार हो भने सेवा पनि दिनुपर्ने उनको जिकिर थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन