मापदण्ड मिच्नेलाई प्रधानमन्त्रीकै साथ ! पोखरामा मापदण्ड विपरितको होटल उद्घाटन ओलीले गर्ने

मापदण्ड मिच्नेलाई प्रधानमन्त्रीकै साथ ! पोखरामा मापदण्ड विपरितको होटल उद्घाटन ओलीले गर्ने

man-sarobar

पोखरा । पोखराको लेकसाइड स्थित मापदण्ड विपरित निर्माण गरिएको स्विस इन्टरनेश्नल होटल सरोवरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी गरिएको छ । पोखरा महानगरपालिकाले निर्धारण गरेको मापदण्ड विपरित निर्माण गरिएको उक्त होटल शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी गरिएको हो ।

मापदण्ड अनुसार पोखरामा तीन तला भन्दा माथिको भवन निर्माण गर्दा महानगरपालिकाबाट छुट्टै मान्यता लिनुपर्ने भएपनि उक्त होटलले मापदण्डको वेवास्ता गर्दै १० तले भवन निर्माण गरेको छ ।

महानगरपालिकाको मापदण्ड विपरित स्थापना भएको होटलमा प्रधानमन्त्रीले उद्घाटन गर्ने कुरा बाहिर आएसँगै स्थानीयहरु मापदण्ड मिच्नेलाई सरकार प्रमुख (प्रधानमन्त्री) ले नै साथ दिनु उचित नभएको भन्दै गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ