एजेन्सी : दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ । वनस्पतिहरु नासिँदैछन् । वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ । यसै क्रममा एउटा देशले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ ।
फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ । तिव्र वनविनासका कारण देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो ।
कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको रहेको छ । विद्यार्थीहरुले स्नातक तहको पढाई पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन् । उनीहरुले परीक्षा पास गरेसँगै कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।
यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ । फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको छ । यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।
सम्बन्धित खबर
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
अमेरिकाबाट आएका चिकित्सकद्वारा पोखरा १५ मा निःशुल्क दन्त शिविर, पहिलो दिन सय जना बढी लाभान्वित
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने