इयरफोन लगाएर बाइक चलाइरहेका युवकलाई ट्रकले ठक्कर दियो, श्रीमतीलाई भिडियो कल गरेर अन्तिम सास फेरे

इयरफोन लगाएर बाइक चलाइरहेका युवकलाई ट्रकले ठक्कर दियो, श्रीमतीलाई भिडियो कल गरेर अन्तिम सास फेरे

accident indi

एजेन्सी : भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे ।

प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन ।

सालोको श्राद्धमा गइरहेका थिएः

युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए । घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको विवाह तीन वर्ष अघि भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ