तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले खुकुरी प्रहार गरि फरार रहेका एक जना लाई पक्राउ गरेको छ । म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नं. ४ (साविक हिस्ताङ गा.वि.स.वडा नं. २) घर भई हाल पोखरा महानगरपालिका वडा नं. ११ फुलवारी बस्ने वर्ष २४ को भोटे भन्ने बिजय पुनलाई प्रहरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की सँग समन्वय गरी तनहुँ प्रहरीले खोजतलास गर्दै जादा शनिबार दिउसो पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी स्थितमा फेला पारी पक्राउ गरेको प्रहरिले जनाएको छ ।
गत २०७४ फागुन ९ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा संलग्न रहेको आरोपमा पुन पक्राउ हुन् ।
उक्त घाटनामा लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको खोजतलास जारी राखिएको अवस्थामा पुन पक्राउ परेका हुन् ।
पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला अदालत तनहुँ समक्ष उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?