लिखित, ट्रायल फेल हुनेलाई पनि लाइसेन्स दिन ट्राफिक प्रहरीको सेटिङ !

लिखित, ट्रायल फेल हुनेलाई पनि लाइसेन्स दिन ट्राफिक प्रहरीको सेटिङ !

Traffic Office kaski

पोखरा । सवारी चालक अनुमतिपत्र बितरण गर्दा यातायात कार्यालय र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरीबीच सेटिङ मिलाएर आर्थिक चलखेल हुने गरेको तथ्य खुलेको छ । यातायातका कर्मचारी र ट्राफिक प्रहरीबीच सेटिङ मिलाएर लिखित र ट्रायलमा फेल हुनेहरुसँग घुस लिएर लाइसेन्स दिने गरेको तथ्य खुलेको  हो ।

गत जेठ १३ गते यातायात व्यवस्था कार्यालय गण्डकीबाट लाइसेन्स बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै ४० हजार घुस लिनेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पक्राउ गरेपछि यो तथय सार्वजनिक भएको हो ।

सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै घुस लिने दुबै जनालाई गत जेठ १४ गते नै अख्तियारको केन्द्रिय कार्यालय काठमाडौ लगेर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

लाइसेन्स बितरण गर्दा सेवाग्राहीहरुसँग घुस लिने गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर मुरारी मिश्र रअसई केशर मल्ललाई अख्तियारले बयान लिईसकेको जनाएको छ । साँघु न्यूज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ