पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ वर्ष खेलाडी बनेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष खेलाडी बन्न सफल भएका हुन् । वर्ष खेलाडीमा पुरुषतर्फ युकेशले टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ सुस्मी श्रेष्ठले टीभीएस वीगो स्कूटरको साथमा ट्रफी र प्रमाणपत्र हात पारे ।

शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका कार्यलयका कार्यकारी अधिकृत शेषनारायण पौडेलले युकेशलाई वर्ष खेलाडी घोषणा गरेका हुन् । पोखरा महानगरपालिकाकी उपप्रमूख मञ्जुदेवी गुरुङले सुस्मी श्रेष्ठलाई महिलातर्फको वर्ष खेलाडी घोषणा गरिन् । वर्ष खेलाडी पुरुषतर्फको मनोेनयनमा युकेशलगायत अन्य अमृत थापा (स्क्वास) र रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) थिए । त्यस्तै, महिलातर्फको मनोनयनमा सुस्मीलगायत अन्य प्रीती बराल (सफ्ट टेनिस) र श्रेया केसी (सुटिङ) थिए ।

सुटिङकी श्रेया केसी पपुलर अफ दि इअरको अवार्र्डबाट सम्मानित भएकी छन् । श्रेयाले नगद २५ हजार र ट्रफी हात पारिन् । अवार्डका लागि खेलाडी छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले श्रेयालाई पपुलर आफ दि इअर–२०७५ घोषणा गरेका हुन् ।
मञ्चका संस्थापक अध्यक्षसमेत रहेका ज्ञवालीले नेपाल टेलिकमले दिएको सूचना अनुसार श्रेयालाई पपुलर प्लेयर अफ दि इअरको घोषणा गरेका हुन् । वर्ष पपुलर प्लेयर अफ अवार्ड यस वर्षदेखि थप गरिएको विधा हो । वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधाबाट मनोनयनमा परेका ९ मध्ये एकलाई एसएमएस आधारमा पपुलर प्लेयर अफ दि इअर घोषणा गर्ने विधा थपिएको थियो ।

मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।

यसअघि, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा (२०७२), खड्गबहादुर रानाभाट (२०७३) र प्राडा वीरेन्द्रसिंह गुरुङ (२०७४) सम्मानित भैसकेका छन् ।
उत्कृष्ट वर्ष प्रशिक्षकमा दीपक गोदार (फूल कन्ट्याक्ट) घोषित भए । गण्डकी प्रदेश सांसद दिपक कोइरालाले गोदारलाई उत्कृष्ट वर्ष प्रशिक्षकको घोषणा गरेका हुन् । गोदारले नगद २५ हजारसहित उत्कृष्ट प्रशिक्षकको ट्रफी र प्रमाणपत्र हात पारे । गोदारले कार्यक्रममा बोल्दै अवार्डबाट प्राप्त २५ हजारमा थप २५ हजार गरी नेपाल राष्ट्रिय खेलाडी संघलाई ५० हजार प्रदान गर्ने घोषणा गरे ।

क्रिकेटका अर्जुन कुमाल वर्ष उदीयमान खेलाडी बनेका छन् । कास्की जिल्ला समन्वय समितिका प्रमूख बैनबहादुर क्षत्रीले अर्जुनलाई वर्ष उदीयमान खेलाडी घोषणा गरे । अर्जुनले २५ हजार नगद र ट्रफी हात पारे । उक्त विधामा अनुष्का शेरचन ( आर्चरी ) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) मनोनयनमा परेका थिए ।

कास्की जिल्ला बास्केटबल उत्कृष्ट खेल संघको रुपमा पुरस्कृत भयो । उसले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र पायो ।

पत्रकार विनोद लामिछाने उत्कृष्ट खेल पत्रकारका रुपमा पुरस्कृत भए । विनोदले नगद २० हजार, ट्रफी र प्रमाणपत्र पाए ।



सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम