पोखरा । पोखरेलीहरुको घरको धारोमा अझै पनि धमिलो पानी आउँछ । यहाँका बासिन्दाका लागि यो नौलो कुरा पनि होइन । तर अबको तीन वर्ष भित्र भने यो समस्या हट्ने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरिने भएपछि यो समस्या हट्ने भएको हो ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा मर्दीको पानीलाई पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु भएको छ। यो योजनाका लागि नेपाललाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिएको छ । यो परियोजनाको मंगलबार खानेपानी मन्त्री विना मगर र नेपालका लागि जापानी राजदुत मासामिची साइगोसङले संयुक्त रुपमा शिलन्यास गरेका छन् ।
जापानले दिएको कूल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि बोलपत्र आह्वान गरिएको थियोे। त्यसमा हाजमा कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेपछि ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा परियोजना निर्माणको जिम्मा पाएको छ।
यो मेलम्चीपछि खानेपानीको क्षेत्रमा सुरु हुन लागेको दोस्रो ठूलो आयोजना हो। त्यस्तै काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन्। पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।
खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ। पोखराको फूलबारी, पर्स्याङ र कोलपाटनमा रिजर्भ्वायर ट्यांकी निर्माण गरिने छ। यस्तै १ सय १३ किलोमिटर लामो पाइपलाइन बिस्तार पनि परियोजनामा समेटिएको छ।
सम्बन्धित खबर
पाँचौं टाइगर कप भलिबल प्रतियोगिता संयोजकमा ज्ञवाली
प्रेस सेन्टर कास्कीको अध्यक्षमा बराल
कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिसस कास्कीको छलफल
नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीको छैटौँ वार्षिक साधारण सभा
पोखरामा ३३ विद्यालयका १ सय ४५ जना शिक्षक र कर्मचारी सम्मानित
शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी