नेपाली टेलिभिजनमा असार ९ र १० गते विदेशी च्यानल बन्द, क्लिन फिडको विरोध

नेपाली टेलिभिजनमा असार ९ र १० गते विदेशी च्यानल बन्द, क्लिन फिडको विरोध

TV no signal

टेलिभिजन सेवा प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध गर्दै विदेशी च्यानलहरु बन्द गर्ने भएको छ । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएको छ ।

विधेयकले विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै उनीहरुले यो व्यवस्था अब्यवहारिक भएको बताएका छन् । नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds