गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ मा दक्षिण एसियाकै ठुलो अनुमान गरिएको समीको रुख रहेको छ । यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यही रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने यहाँका स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लगि पर्न थालेका छन् ।
फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखे पछि अचम्ममा पर्ने गरेको स्थानिय पर्यटन व्यावसायि गोविन्द पन्त बताउछन् । अहिले रुख हेर्नकै लागि मानिसहरु त्यहाँ पुग्न थालेको उनको भनाई छ । यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् ।
हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानिय पर्यटन व्यावसायिहरुले पहल समेत सुरु गरेका छन् । अहिले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण आरोहण संघ (एनएमए) को आर्थिक सहयोग र स्थानियहरुको जनश्रमदानमा रुखको वरिपरि काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरिएको छ । पर्यटन व्यवसायी गोविन्द पन्तको सक्रियतामानै सो काम सम्पन्न भएको स्थानियहरुको भनाई छ । दक्षिण एसियाकै ठूलो रुख हो भनेर आधिकारिक रुपमा प्रमाणित गर्न जिल्ला वन कार्यलय गोरखा मार्फत पहल थालिएको पनि पन्तले लेकबेशी खबरलाई बताए ।
करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् । उनका अनुसार रुखमा जो सुकै मानिस चढे पनि लड्ने भएकाले, कोही पनि नचढ्ने गरेको बताउछन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको स्थानिय अर्जुन अमांगाईले बताए ।
सडक संजालसंग जोडिएको सो ठाऊँ काठमाण्डौबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ । पर्यटकीय दृष्ट्रिकोणबाट पनि अतिनै सुन्दर ठाऊँ भएकाले र समिको रुख पनि एक पटक हेर्नै पर्ने खालको रहेकाले त्यहाँका बासिन्दाहरु सबैलाई घुम्न आउन निमन्त्रणा समेत गर्दछन् । यस्ता प्रकृतिक सम्पदाहरुको प्रचार प्रसारमा स्थानिय निकार्यहरुले पनि पहल गर्नु पर्ने आवश्यक देखिन्छ । lekbesikhabar.com
सम्बन्धित खबर
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट