यस्तो पनि छोरा– जसले आफ्नै आमाको घरलाई खरानी बनाइदिए !

यस्तो पनि छोरा– जसले आफ्नै आमाको घरलाई खरानी बनाइदिए !

03-30-768×494

बुटवल। विहीवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घरमा आगो लगाइदिएका छन् । सैनामैना नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घरमा उनकै माइला छोरा माधव घिमिरेले आगो लगाइदिका हुन् । घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएको छ ।

यसरी घिमिरेको घर जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले बताए । माइला छोरा माधबले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घरलाई घरायासी मन–मुटाबका कारण जलाएको हुनसक्ने सई घिमिरेको भनाइ छ ।

आगलागीबाट कुनै मानविय क्षती भने भएको छैन । नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएर अन्यन्त्र फैलिनबाट जोगाएको थियो । आगो लगाउने माधब घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ