सनवे कलेजमा आइ ओ टि प्रशिक्षण

सनवे कलेजमा आइ ओ टि प्रशिक्षण

received_2264133380334034

काठमाडौ । आधुनिक जिवनशैली संगै सुचना प्रविधि मानिसको अभिन्न अङ्ग बनेको छ ।

जनमानसमा बड्दो आइ ओ टि (इन्टरनेट अफ थिङ्स) सम्बन्धी रुचिलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा आयोजना गरेको २ दिने आइ ओ टि प्रशिक्षण सम्पन्न भएको छ ।

असार ६ र ७ गते चलेको प्रशिक्षणमा दैनिक जिवनयापन ईन्टरनेटको माध्यमद्वारा कसरी स्मार्ट बनाउन सकिन्छ भनेर सिकाइएको प्रशिक्षक भासराज पाठकले बताए ।

प्लस टु को परिक्षा सकेर बसेका, आइटि पढ्दै गरेका र विभिन्न पेशा ब्यवसायमा आवद्ध ५२ जना प्रशिक्षार्थी सहभागी रहेको कलेजकी अपरेसन म्यानेजर सोमाली गौतम देसाइले जानकारी दिइन ।

आइ टि र बिजनेस सम्बन्धी विभिन्न प्रशिक्षण संचालन गर्ने सन वे कलेजले मलेसियाको इन्फ्राइस्टक्चर युनिभर्सिटीको सम्बन्धनमा कम्प्युटर साइन्स र एम बि ए को अध्यापन गराउदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बयरघारी रमाइलो मेला हुने
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
बदली र वर्षाको सम्भावना

ट्रेन्डिङ