पोखरा । आइतबार बिहान गोरखाको पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले दुई वटा फोटोसहित फेसबुकमा स्टाटस लेखे, ‘१२ किलो बारपाक सडक आयोजनाले समयमा १२ किलो छेपेटार बाटो मर्मत नगर्दा र निरन्तर को पानीले बटो थप खराब भएपछि आज स्कूल बस चल्न नसक्दा कुखुराको गाडीमा छेपेटारका बाल -बालिका स्कुल जाँदै ….. कुरो सम्बृद्दिको ।’
गोरखाका मानब अधिकारकर्मी यधुप्रसाद अधिकारीले कमेन्ट गर्दै लेखेका छन्, ‘किशोर जी सबै तिर बाटा बिग्रिएका छन् । मापदण्ड अनुसार निर्माण भएकने ठिक छ कि छैन भनेर जाँच्ने विज्ञ केन्द्रले नै छड्के रुपमा पठाए केही हुन्छ किरुनत्र भने पिच नसकिदै भत्किन शुरु हुन्छ ।’
सोही स्टाटसमा प्रतिक्रिया दिँदै नविन क्षेत्रीले कमेन्ट गरे, ‘बडो बिडम्बना छ सडक यातायातको । यति करोड आयो ,उति करोड आयो भन्छन,पैलो प्राथमिक सडक लाई किन दिदैनन भ्रष्ट नेताहरु ? बर्सौ अर्बाैँ रुपैँया दरौदी झै बगेको बगैछ । फोस्रा गफ हान्ने दिन गय,अब काम गर्नु पर्ने हो किन गर्दैनन । अनि हामी जनताको यो सास्ती किन देख्दैनन तिनका गोलभेडा आखाले ? १ बर्षको बजेट कनिका छरेको झै गर्यो अनि सकियो । बरु १ बर्षको पुरै बजेट बाटो लाई हाल महा मूर्ख हो ? यो बालबालिका स्कुलको बस आउन नसकेर कुखुरा बोक्ने ट्रकमा गयको देख्दा सार्है दुख लाग्यो ।’
दिपेन्द्र बगालेले थपे, ‘के गर्नु हजुर बाध्यता छ हामी अभिभावक लाई पनि, यो स्कुले बच्चालाई मात्र हिंड्न बनेको सडक मात्र होइन ।दिनहुँ सयौँको संख्यामा सवारी चल्ने बाटो यो गति छ । हामी त वाक्क दिक्क भाका छौँ । कहाँ बाट सुनुवाइ हुने हो ? एक दिन हैन येहि पारको काम गराईले त चार माहिना लाग्छ ।’
पत्रकार थापाले पोष्ट गरेका फोटो कुखुरा बोक्ने भ्यान चढेर सेण्ट मेरिज र सेण्ट जोसेफ विद्यालय जाँदै गोरखा छेपेटारका विद्यार्थीहरु थिए । बारकिलो छेपेटार सडक मर्मत सुरु भएपछि सो सडकमा बस सेवा बन्द भएको छ। बस नचलेपछि विद्यार्थी कुखुरा बोक्ने भ्यानमा चढेर विद्यालय जान भएका बाध्य हुन् ।
https://www.facebook.com/kishorjung.thapa.3/posts/2302696429776047
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो