एसईईको रिजल्ट सार्वजनिक भयो, (यसरी हेर्नुहोस् आफ्नो नतिजा)

एसईईको रिजल्ट सार्वजनिक भयो, (यसरी हेर्नुहोस् आफ्नो नतिजा)

See

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।
यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ ।

नेपाल टेलिकमको सिमकार्ड नम्बरको मोबाइलबाट पछि अक्षरसहितको सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनु पर्छ । ३१००३, ३१००७, ३४९४९, ३५००१ मा आफ्नो पछाडिको अक्षरसहितको सिम्बल नम्बर एसएमएस पठाएपछि नतिजा हेर्न सकिनेछ ।

उल्लेखित वेवसाइटहरु बाट पनि परीक्षा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । वेवसाइटहरुमा http://www.doe.gov.np/http://moe.gov.np/ हेर्न सकिनेछ । २०७५ चैत्रमा लिइएको एसईईमा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

http://gandaknews.com/see-result-5/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ