बाबु-छोरा नै बलात्कारी ! ‘बहिनी’ र ‘फुपू’ नाताकी एउटै बालिकामाथि आलोपालो जबर्जस्ती करणी

बाबु-छोरा नै बलात्कारी ! ‘बहिनी’ र ‘फुपू’ नाताकी एउटै बालिकामाथि आलोपालो जबर्जस्ती करणी

Bau-Chhora

वीरगञ्ज, १६ असार । बाराको निजगढ नगरपालिकामा एउटा अनौठो बलात्कारको घटना बाहिर आएको छ । बाबु–छोराले नाता पर्ने एक १२ वर्षीया बालिकालाई विगत डेढ वर्षदेखि आलोपालो गर्दै करणी गर्दै आएको उजुरी परेको बारा प्रहरीले बताएको छ ।  निजगढ नगरपालिका–४ कछडिया टोल बस्ने वर्ष ४० का मिनबहादुर माझी र १९ वर्षिय रिकेश माझीलाई ईलाका प्रहरी कार्यालयले करणीको मुद्दामा ५ दिनको म्याद थमाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिका पक्राउ परेका मिनबहादुरको काकाको छोरी अर्थात बहिनी र रिकेशको फुपू पर्ने प्रहरीले जनाएको छ । पीडित बालिकाको आमा अर्को विहे गरेर गएको र बाबु वैदेशिक रोजगारीमा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनको संरक्षण गर्ने हजुर आमाको पनि निधन भइसकेकोले उनी एक्लै घरमा बस्दै आएकी थिइन् । एक्लै घरमा सुतिरहेको अवस्थामा कहिले बाबु त कहिले छोराले करणी गर्दै आएको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।

पछिल्लो पटक असार ८ गते बालिकाको दाइ पर्ने मिनबहादुरले र गत जेठ २० गते भदा पर्ने रिकेशले राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ । लगातार बढेका यस्ता घटनाले त्रासदी बढाएको छ । घटनाका दोषीलाई कानून अनुसार हदैसम्मको कार्वाही हुनुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् ।

बारामा एक साताभित्रै दुईटा करणीको घटना भएको छ । यसअघि आफ्नै १४ वर्षीया छोरीलाई बाबुले करणी गरेको आरोपमा बारा प्रहरीले जबरजस्ती मुद्दा चलाई तीर्थबहादुर सुनारलाई हिरासतमा राखेको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले बताएका छन् ।  आफ्नै घरमा सुतिरहेको अवस्थामा रक्सी खाएर ४२ वर्षीय बुवा तीर्थबहादुर सुनारले आफनै छोरी करणी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ