एसइईमा कुनै विषयमा ग्रेड कम आयो ? फेरि परीक्षा दिनुहोस् साउनमा (तालिका सहित)

एसइईमा कुनै विषयमा ग्रेड कम आयो ? फेरि परीक्षा दिनुहोस् साउनमा (तालिका सहित)

rastriya parichhya board

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सी भन्दा तल आउने तथा अनुपस्थित हुनेलाई मौका परीक्षाको लागि तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ ।

परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ