काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् ।
आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् । ‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू ! मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऔँ । मास्क लाउनुपर्छ कि पर्दैन, हेरौं,’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार बसेको बैठकमा शाहीले भनिन् ।
बैठकमा सरकारका तर्फबाट यातायातमन्त्री महासेठ सहभागी थिए । शाहीले आफू स्कुटीमा हिँड्ने गरेको उल्लेख गर्दै राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भनेर बुझ्न मन्त्री महासेठ र समितिका सदस्यहरूलाई समेत आग्रह गरेकी थिइन् ।
राजधानीको प्रदूषण घटाउन प्रधानमन्त्री ओलीले सेवा आरम्भ गरेका साझा यातायातका विद्युतीय बस कहाँ थन्किएका छन् भन्ने प्रश्नसमेत उनको थियो । प्रधानमन्त्री ओलीले गत कात्तिक ६ गते ललितपुरको साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गरेका थिए । संस्कृति मन्त्रालयले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न ल्याएका ५ वटा विद्युतीय बस साझा यातायात मातहतमा लगी हतारमा राजधानीमै सेवा सुरु गरिएको घोषणा भएको थियो ।
टेन्डरको मापदण्डमा तोकिएभन्दा कमसल भएकाले ती बस सञ्चालनमा आएका छैनन् । संस्कृति मन्त्रालयले ती बसमा १७ वटा कैफियत भेटिएको भन्दै आपूर्तिकर्ता कम्पनीलाई फर्काएर नयाँ ल्याउन निर्देशन दिइसकेको छ । सांसद शाहीले ती विद्युतीय बसका विषयमा पनि यातायातमन्त्री महासेठसितप्रश्न गरेकी थिइन् । ‘विद्युतीय बस कहाँ छन् ? तिनका लागि ब्याट्री चार्जिङ स्टेसन निर्माणको काम के भइरहेको छ ?’ उनले सोधिन् ।
जवाफमा मन्त्री महासेठले विद्युतीय बस कहाँ छन् भन्ने विषयमा आफ्नो मन्त्रालय जानाकार नरहेको बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्