‘मनाङे जस्तो बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?’: भट्टराई

‘मनाङे जस्तो बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?’: भट्टराई

Baburam bhatarai

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनांगे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिष्ट’ पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ? भन्ने व्यंग्यात्मक प्रश्न गरेका छन् । शुक्रबार बिहान नेपाल कम्यूनिष्ट पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफुमाथि राखेको धारणाको कटाक्ष गर्दै उनले दिपक मनाङे जस्तो बौद्धिक मान्छे भएको ठाँउमा अरु बौद्धिक पार्टीको आवश्यकता पर्छ र भन्ने प्रश्न गरेका हुन् ।

अध्यक्ष दाहालले समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईलाई इंगित गदैँ, बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम दिएको देखिँदैन र ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ नभएको प्रष्ट्याएका थिए । सोही विषयमा अध्यक्ष भट्टराईले कम्यूनिष्ट पार्टीलाई कमाउनिष्टको संज्ञा दिदै सामाजिक सञ्जाल मार्फत जावफ दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ