असार २२ गते नेपाल बन्द हल्ला मात्रै

असार २२ गते नेपाल बन्द हल्ला मात्रै

No Nepal Banda

यही असार २२ गते नेपाल कम्युनिस्ट पार्टीले गर्ने भनेको नेपाल बन्दको कार्यक्रम हल्ला मात्रै भएको बताइएको छ। नेकपाले २२ गते नेपाल बन्दको आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले भनेको छ। २२ गते आफूहरूको बन्दको कुनै पनि कार्यक्रम नभएको नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले बताए। उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको पनि बताए।

जिल्ला सेक्रेटरी पूर्णजीत पुनले पनि बन्द नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ