गत वर्ष रिलिज भएका तीज गीत मध्ये अहिलेसम्म याद भइरहने पहिलो गीत कुन हो ? तपाईंलाई झल्याँस्स सम्झना भईहाल्छ, ‘लौरी हरायो’ । त्यही टीमले यस वर्षको तीज गीत रिलिज गरेको छ । तीजे गीतको सम्राटका रुपमा चिनिएका पशुपति शर्मा, नेपाली लोकदोहोरीमा सर्वाधिक स्वर दिने देवी घर्ती सहित, लोकप्रिय गायक राजु ढकाल र सुस्मिता घर्ती मगरको सहकार्यमा सुहायो चौपट्टै तीज गीत आजमात्रै युट्युबमार्फत सार्वजनिक भएको हो ।
देवी घर्ती राजु ढकाल युट्युब च्यानलमा अपलोड हुने बित्तिकै चर्चा पाउन सुरु भइसकेको छ । सबैले गीतमा राम्रो प्रतिक्रिया दिएका छन् । भिडियो पनि हँस्यौली पारामा बनेको छ । जसले निकै मनोरञ्जन प्रदान गर्दछ । पशुपति र देवी स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन् ।
यस तीजे गीतको भाका र शब्द गायक पशुपति शर्माको हो । प्रस्तुतकर्ता समेत रहेकी देवी घर्तीको आवाजका साथै राजु ढकाल र सुस्मिता घर्तीको स्वर भरिएको छ । कृष्ण बिक भाञ्जाले एरेञ्ज र कुमार रानाले मारुनी डिजिटलमा मिक्सिङ गरेका हुन् ।
भिडियो निर्देशन गरेका दुर्गा पौडेल आफैले खिचेका हुन् भने विजय बुढा मगरले नचाएका छन् । मेघराज बस्नेतले सबैलाई राम्रा बनाइदिएका छन् । नविन घर्ती मगरले भिडियो सम्पादन गरेका हुन् ।
http://gandaknews.com/lauri-harayo/
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग