१४९ वर्षपछि आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण, भुलेर पनि नगर्नुस् यी काम !

१४९ वर्षपछि आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण, भुलेर पनि नगर्नुस् यी काम !

blood_moon_lunar_eclipse_chandra_grahan_0

मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार मंगलबार गुरुपुर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ ।

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केही भाग रातो/तामा रङ्गको देख्न सक्नेछन् ।पृथ्वीको वायुमण्डलको छान्ने र परावर्तित गर्ने प्रभावको कारण ग्रहणको समय चन्द्रमाको रङ्गमा भइरहेको परिवर्तन अनौठो लाग्ने खगोलविद्हरु बताउँछन् ।

वीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माको अनुसार चन्द्रमालाई मङ्गलवार बिहान १२ बजेर २८ मिनेटदेखि विरल छायाले ढाक्न सुरु गर्छ भने राति १ बजेर ४६ मिनेटदेखि सघन छायाले ढाक्न सुरु गर्छ । यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो देखिँदैन ।

पुर्णिमाको राति मात्र हुने चन्द्र ग्रहण पूर्ण र आंशिक गरी दुई प्रकारको हुन्छ । सामान्य रूपमा भन्ने हो भने चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हामी हेर्छौ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ । हिन्दू पञ्चाङ्गअनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण खण्डग्रास हुनेछ । यसपटक यो ग्रहण ३ घण्टाको हुनेछ ।

ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ । यहाँ ग्रहणको बेलामा गर्न नहुने केही कुराहरु उल्लेख गरिएको छ ।

– ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन ।
– चन्द्र ग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन । ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ ।
– ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्नसक्छ ।
– ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।

सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन ।

मंगलवारको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने भएकोले यसलाई यस्तो नाम दिइएको हो । चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।

खगोल वैज्ञानिकका अनुसार मंगलवार राति लाग्ने ग्रहण सन् २०१९ को अन्तिम चन्द्रग्रहण हो । ज्योतिषका अनुसार यो ग्रहणको प्रभावले प्राकृतिक विपत्तिको कारण व्यापक क्षतिको आशंका गरिएको छ । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।

के हो चन्द्रग्रहण ?

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्।

फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो।

चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन।

पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ।

ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ