चितवन । चितवनको नारायणीमा दुई महिनात्रिै मिनी पानीजहाज चल्ने भएको छ । अहिले निर्माण भइरहेको ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी बनिरहेको निर्माण पक्ष राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा।लिले जनाएको छ ।
‘मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् भने एकै पटक दुईसय जनाले यात्रा गर्न सक्ने छन् । पानी जहाजको दुबै तलामा सय, सय जना अटाउनेछन् । मिनी पानीजहाज एक सय फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ ।
काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै निर्माण भइरहेको छ ।
राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा छ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ। उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।
भारतीय र नेपाली गरी ५० जनाले धमाधम काम गरिरहेका छन् । भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरेको जनाइएको छ । राइनो वाटरका अनुसार पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिनेछ ।

बनिसकेपछि यस्तो हुनेछ २ तले पानी जहाज
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन