छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिवक्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको छ । दोस्री श्रीमती गीताञ्जली सुनार र तेस्री श्रीमती रेखा थापा विरुद्ध कहिल्यै नआएकी हेमा ओझा चौथी श्रीमती शिल्पा पोखरेल विरुद्ध चाहिँ किन आईन् ? गीताञ्जली पट्टीबाट छोरा समेत छ । रेखा थापासँग पनि १२ वर्ष बिहे गरेर बस्दा नदेखेकी हेमा ओझालाई कसले प्रयोग गरे ? त्यसमाथि हेमाको छवि ओझासँग बिहेको ८ वर्षपछि नै डिभोर्स भईसकेको समाचारहरु सार्वजनिक भईरहेका छन् । डिभोर्स नभएको भए यो मुद्धा लागेमा छवि र शिल्पा दुवै जेल पर्नेछन् ।
छविराज ओझाको वैवाहिक पृष्ठभूमि
पूर्वपत्नी रेखा थापाबाट पाएको नाम ‘बा’ बाट परिचित निर्माता छविराज ओझाकी जेठीे श्रीमती हेमा ओझा हुन् । ३५ वर्षअघि हेमासँग विवाह गरेका छविले उनीसँग त्यसको आठ वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । हेमाबाट छविका दुई छोरा छन् । हेमासँगको सम्बन्धविच्छेदपछि नै अभिनेत्रीहरूसँग विवाह शृंखला सुरु भएको हो । आफ्नो चलचित्र नातामा काम गर्ने त्रममा छविको गीताञ्जली सुनुवारसँग छविको प्रेम–विवाह भएको थियो, तर डिप्रेसनका कारण केही समय पछिनै गीताञ्जलीले आत्महत्या गरिन् । छवि र गीताञ्जलीका एक छोरा साकार छन् । गीताञ्जलीपछि छविको तेस्रो विवाह अभिनेत्री रेखा थापासँग भयो । छविकै चलचित्र हिरोबाट ब्रेक पाएकी १६ वर्षीया रेखा झन्डै १२ वर्ष उनीसँग रहिन् । रेखाले २०७३ सालमा छविसँग कानुनी रूपमा सम्बन्धविच्छेद गरिन् । छविराजसँग विवाह गर्नुअघि शिल्पाले विकास बस्याल क्षेत्रीसँग प्रेमविवाह गरेकी थिइन् । विकाससँगको उनको विवाह चार वर्षजति चलेको बताइन्छ । थुप्रै म्युजिक भिडियोको मोडलिङमा सक्रिय शिल्पालाई छविले नै चलचित्र लज्जाबाट चलचित्रको अभिनयमा प्रवेश गराएका थिए । शिल्पाले छविको चलचित्र किस्मत–२, हवल्दार सुन्तली तथा मंगलम्मा अभिनय गरिसकेकी छिन् ।
जाहेरी यस्तो छः
जाहेरीमा यस्तो लेखिएको छ– ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिप्रश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’
अगाडि लेखिएको छ ‘तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमानले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’
प्रहरी भन्छः आउनुभयो तर दर्ता गरेका छैनौं ।
डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए । उनले भने–‘हामी यसलाई पुष्टी गर्दैछौ । आवश्यक परे दर्ता हुन्छ ।’
के छ बहुविवाहको कानुन ?
नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना
एमालेले ०८२ साल भदौमा विधान अधिवेशन गर्ने, वामदेवसँग सहकार्य गर्ने निर्णय
आशिका तामाङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी