पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु

पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु

Death female

दाङमा पोखरीमा डुबेर तीन किशोरीको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१८ मा रहेको कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बेलुकीपख पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

यसअघि, कपिलवस्तुमा तीन युवकको खोलामा नुहाउने क्रममा मृत्यु भएको थियो ।

http://gandaknews.com/paudi-death/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ