चितवनमा पैदलयात्रीलाई हानेर भाग्दा मोटरसाइकल चालकको मृत्यु

चितवनमा पैदलयात्रीलाई हानेर भाग्दा मोटरसाइकल चालकको मृत्यु

acc

file photo

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा मुग्लिनतर्फ गइरहेको ना ४२ प ४९२९ नम्बरको मोटरसाइकल पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते सो मोटरसाइकल चालकको उपचारको क्रममा ज्यान गएको छ ।

पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा भित्री साइडमा रोकिराखेको ना ५ ख २२४६ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुलेको छैन । सोमवार राति पौने ८ बजे ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलले रामनगरका ५० वर्षीय ओमप्रसाद भुसाललाई ठक्कर दिएको थियो । ठक्करबाट भुसाल पनि घाइते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ