काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले कहिले कसैलाई, कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाई छ ।
‘पार्टी एकता हुन नदिन प्रतिक्रियावादीका तर्फबाट प्रधानमन्त्रीको अफर गर्ने कोशिस नभएका होइनन् तर हामीले कुनै लोभ लालच, प्रलोभन र धम्कीसँग नझुकेर पार्टी एकता गर्यौँ, यसलाई बचाउने जिम्मेबारी अब तपाई हाम्रो काँधमा आएको छ’, प्रचण्डले भने, ‘इतिहासले हामीलाई ठूलो जिम्मेबारी दिएको छ ।
उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरि दिएको बताए । ‘उमेद्बार छान्नमै यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’, प्रचण्डले भने, ‘त्यसपछि पनि पार्टी एकता टिक्दैन भनेर प्रचार नभएका होइनन् ।’
प्रचण्डले नाटकीय ढंगबाट पार्टी एकता भएको नभइ यो ठूलो राजनीतिक प्रक्रियापछि मात्रै सम्भव भएको बताए ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार