नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।
रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।
केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा नायिका साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते भुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।
उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।
को हुन् साम्राज्ञीसंग मस्ती गर्ने यी युवक ?
साम्राज्ञी आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउने गरेकी छिन् । केही समय व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा पुगिन् । लगत्तै उनी देवाङ्कस राणाको प्रेममा परिन् ।
सुरुमा त उनले देवाङ्कसलाई मिडियासामु ल्याउँने हिम्मत नै गरिनन् । आफनो फिल्मको घोषणा र प्रिमियरमा प्रेमीलाई साथै लिएर जाने साम्राज्ञीले बिस्तारै बिस्तारै सामाजिक सञ्जालमार्फत आफनो प्रेमीलाई सार्वजनिक गर्न थालिन् ।
उनीहरुको प्रेमले सिने बजार निकै तात्यो तर उनीहरुको प्रेमले सिनेबजार के तातेको थियो र अहिले उनीहरुको तस्बिरले जति तताएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवाङ्कस र साम्राज्ञी छुट्टी मनाउँन इन्डोनेशियाको बाली पुगेकीछिन् । जहाँ उनले आफनो प्रेमीसंग नितान्त व्यक्तिगत समय बिताएकीछिन् ।
जहाँ तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । जुन तस्बिरमा साम्राज्ञी र देवाङ्कस निकै मदहोष देखिएका छन् । बालीको एक समुन्द्री किनारमा खिचिएको उक्त तस्बिरहरुमा बिकिनीमा रहेकी साम्राज्ञीलाई देवाङ्कसले ओठ, छातीको बीच र कम्मर पछाडी चुमेका छन् ।

साम्राज्ञीले नै ती तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन तर तस्बिर पोस्ट भएपछि साम्राज्ञीले ताली भन्दा गाली धेरै खाईन् । गाली खाएपछि उनले ती तस्बिरहरु डिलिट गरिन तर उनको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाईरहेको छ ।
सम्बन्धित समाचारः
http://gandaknews.com/samragyee/
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर