धरानमा श्रीमतीले श्रीमानलाई जबरजस्ती करणीको मुद्धा हालेकी छिन् । बिवाह गरेको २ महिनामा नै एक महिलाले आफनो श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् ।
टेम्के मैयुङ गाँउपालिका भोजपुरकी एक १७ बर्षीया महिलाले श्रीमानबिरुद्ध जबरजस्ती करणीको मुद्धा हालेकी हुन् । उनको उजुरीसंगै प्रहरीले उनको २१ बर्षीय श्रीमान युवराज कार्कीलाई प्रक्राउ गरेको छ । श्रीमानले जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले किटानी उजुरी दिएकी हुन् । उजुरीपछि महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गराईएको छ ।
गत बैशाख २७ मा उनीहरुबीच मागी बिवाह भएको थियो । घर भित्राएदेखि नै श्रीमानले आफुमाथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको भन्दै उनले स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार कार्कीबिरुद्ध उजुरी दर्ता भएकोले आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईएको बताए । यता श्रीमानबिरुद्ध उजुरी दिएपछि श्रीमती आफन्तको घरमा शरण लिएर बसेकीछिन् ।
‘स्थानीय महिलाहरुको उक्साहटमा लागिन्’
श्रीमान कार्कीले भने श्रीमान श्रीमतीबीच सामान्य घर झगडा भने हुने गरेको तर स्थानीय महिलाहरुको उक्साहटमा श्रीमतीले उजुरी दिएको बताएका छन् । नयाँ कानुन अनुसार श्रीमतीको इच्क्षा बिपरित यौन सम्बन्ध राखे त्यसलाई पनि बलात्कारको रुपमा हेरिने गरिन्छ । जसमा श्रीमानलाई ५ बर्षसम्मको जेल सजायँ हुने व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ